Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध





जनकपुरधाम ।
बजेटमा बिचौलिया हाबी रहेको र सांसदका योजनालाई पाखा लगाइएको आरोप लगाउँदै विपक्षी दलहरूले आज पनि मधेस प्रदेशसभाको बैठकमा अवरोध गरेका छन् ।
करिब डेढ घण्टा ढिलो सुरु भएको प्रदेशसभाको बैठक शुरु भए लगत्तै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । जनता समाजवादी पार्टी नेपालकी सांसद सुरिता साहले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी रहेको र बजेटको वितरण नमिलेको भन्दै पुनः लेखन गर्नुपर्ने माग गरिन् ।
माओवादी केन्द्रकी सांसद सुनिता कुमारी यादवले स्थानीय तह र प्रदेश सांसदले सिफारिस गरेको योजना बजेटमा नसमेटिएको र बिचौलियाका योजनालाई टेकेर बजेट ल्याइएकोमा विरोध जनाइन् ।
नेकपा (एस) की सांसद बेंची लुङगेलीले ठूला नेता भएका जिल्ला र क्षेत्रमा बजेट खन्याइएको र अन्य क्षेत्रलाई बेवास्ता गरिएको आरोप लगाइन्। ’यो बिचौलिया हाबी भएको बजेट हो । ५–१० लाखका थुप्रै टुक्रे योजना बजेटमा समेटिएको छ,’ उनले भनिन्, ‘त्यसैले बजेटको पुनः लेखन हुनुपर्छ ।’
मधेश प्रदेशसभामा एक मात्र समानुपातिक सांसद रहेको संघीय समाजवादी नेपालकी सांसद विमला अन्सारी तरुन्नमले बजेट पुनः लेखन नगरे प्रदेशसभाको बैठक शान्तिपूर्ण चल्न नदिने चेतावनी दिइन् । विपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।