

जनकपुरधाम ।
मधेश प्रदेशसभाको बैठकमा आज पनि अवरोध गर्ने विपक्षी दलहरुले तयारी गरेका छन् । बजेट निर्माण प्रक्रियामा बिचौलियाको प्रवेश भएको भन्दै प्रतिपक्षीले अवरोध गरे पछि बैठक आज १ बजे बस्ने गरि बोलाइएको हो ।
प्रदेश सभामा बजेट प्रस्तुत भएपछि अनिश्चित कालका लागि स्थगित भएको मधेश प्रदेशसभाको बैठक आइतवार शुरु भएपनि प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल सहितका विपक्षीदलहरुले बजेट पुर्नलेखनको मांग गर्दै सभा अवरुद्ध गरे पछि आजको लागि बोलाइएको हो ।
तर आजको बैठकमा पनि विपक्षीदलहरुले अवरोध गर्ने तयारी गरेका छन । बजेटमा बिचौलियाको प्रवेश, खुद्रा बजेट बिनियोजन, अनुत्पादक क्षेत्रमा बढी बजेट लगायतका विषयहरु उठाउदै विपक्षीदलहरुले आज पनि सभा अवरोध गर्ने जनाएको छ ।
