Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सभापति देउवा निश्कर्षसहितको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक समापन हुँदै





काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार पनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
यही असार १६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यहरू, कोषाध्यक्ष तथा सहमहामन्त्रीहरूले आफ्नो धारणा राखिसकेका छन् । बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।
सोमबारको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले धारणा राख्ने छन् । बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेसँगै आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । तर सभापतिका निकटतम् प्रतिस्पर्धी एक जना पनि केन्द्रीय कार्यसमिति रहने प्रावधान अनुसार केन्द्रीय समिति १६८ सदस्यीय छ ।
बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तीन, आमन्त्रित सात प्रदेशका पार्टी सभापति, केन्द्रीय सदस्य नभएका आमन्त्रित गरिएका चार मन्त्रीहरू रामनाथ अधिकारी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र राज्यमन्त्री खमबहादुर गर्बुजाले पनि धारणा राखेका थिए ।