Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेशमा कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि साझा प्रतिवद्धता





जनकपुरधाम ।

कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि मधेश प्रदेश सरकार, संसद, गैरसरकारी संस्था र संचार माध्यमले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले वल्र्ड भिजन ईन्टरनेशनल नेपालसँगको सहकार्यमा गरेको कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि छलफल कार्यक्रममा मधेश प्रदेशका मन्त्री, संसदिय समितिका सभापति, सांसदहरु, मधेश प्रदेश नीति आयोगका पदाधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधी, धार्मिक अगुवा र सञ्चार माध्यमका प्रतिनिधिले साझा प्रतिवद्धता व्यक्त गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जनकपुरधाममा आज भएको कार्यक्रममा मधेश प्रदेश सरकारका तर्फबाट शिक्षा तथा संस्कृती मन्त्री रानी शर्मा तिवारीले बाल पोषण, सुत्केरी र नवजात शिशुको पोषणका बिषयमा समाजमा रहेका गलत मान्यता हटाउन सञ्चार माध्यमलाई साथ लिएर शिक्षामुलक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोईतले सबैको साझा प्रयासबाट मात्रै अन्य प्रदेशको भन्दा कमजोर रहेको पोषणको अवस्थामा सुधार गर्न सकिने भन्दै आफुहरुले आवस्यक कानुनहरु निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रसासक लिलारम्ब अधिकारीले मधेशको पोषणको अवस्था र त्यसमा सुधारका लागि सञ्चार माध्यम तथा सरोकारवालाले खेल्नु पर्ने भूमिकाको बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा महिला बालवालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादव, पूर्व राज्यमन्त्री सञ्जय यादव, मधेश स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमूख विनोद यादव, बिभिन्न धर्मका धर्मगुरुहरुले आफ्नो तर्फबाट पोषण सुधारका लागि गरिएको इनफ अभियानमा एकजुट हुने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा अकोराबका महासचिव किशोरजंग थापाले सामुदायिक रेडियोहरु पोषणको सुधारका लागि जनचेतना फैलाउन सधै खटिरहने बताउनुभयो । सीआईएनका व्यवस्थापक दीपक आचार्यले सञ्चार माध्यमका लागि न्युट्रेसन गाईडलाईन निर्माण गरेर पोषणको बारेमा सही सूचनाहरु प्रवाह गर्ने काममा सीआईएन लागि रहने बताउनुभयो । जंक फुड प्रयोग नगर्न सीआईएनले चेतना फैलाउने काम गरिरहेको बताउदै आचार्यले खानपानको बानि व्यवहार सुधार गर्न सबैलाई आग्रह गर्नुभयो ।