Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गृहमन्त्री लेखकले गरे जिप्रका धनुषाको निर्माण हुन लागेको भवनको शिलान्यास





जनकपुरधाम ।
गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको निर्माण हुन लागेको भवन शिलान्यास गरेका छन् । सेवाग्राहीलाई सेवा प्रवाहमा पुरानो भवनबाट समस्या हुँदै आईरहेकाले नयाँ प्रशासनिक भवनको निर्माण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाको निर्माण हुन लागेको सोही भवनको शुक्रबार गृहमन्त्री लेखकले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।
अहिलेको प्रशासनिक भवन पुरानो तथा जिर्ण हुन थालेपछि नयाँ प्रशासनिक भवन निर्माणका लागि गृह मन्त्रालयले ७ करोड ८७ लाख ९४ हजार ५ सय ६६ रुपैयाँमा बजेट विनियोजन गरेको थियो । सो भवन निर्माणका लागि सावित्री निर्माण सेवाले ५ करोड ४७ लाख २९ हजार ४४७मा ठेक्का सम्झौता गरेको छ ।
१६ हजार १६३ वर्गफिटको उक्त तीनतल्ले भवन २०८३ असार २८ गतेभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ । संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको रेखदेखमा बन्ने भवनको मोडेल आरसीसी फ्रेमको हुने जनाइएको छ ।