Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरान–इजरायल युद्धपछि पहिलो पटक सार्वजनिक भए खामेनी





एजेन्सी ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले उनको देश र इजरायलबीच १२ दिने युद्धपश्चात् पहिलोपटक सार्वजनिक रूपमा उपस्थिति जनाएका छन् ।
उनी आशुराको पूर्वसन्ध्यामा आयोजित शोक समारोहमा सहभागी भएको एपीले जनाएको छ । सिया मुसलमानले मनाउने एक वार्षिक कार्यक्रमलाई आशुरा भनिन्छ ।
युद्धको समयमा खामेनीको अनुपस्थिति इरानी नेताका निम्ति कडा सुरक्षा व्यवस्थाको संकेत थियो । उनी राज्यका सबै विषयमा अन्तिम निर्णय लिने सर्वोच्च नेता हुन् ।
खामेनी राजधानी तेहरानमा आफ्नो कार्यालय र निवास नजिकैको मस्जिदमा प्रवेश गर्दा र बस्दा भीडले नारा लगाएको थियो । त्यसक्रममा उनले हात र टाउको हल्लाएका इरानको सरकारी टेलिभिजनले देखाएको थियो ।
उनले कुनै सार्वजनिक वक्तव्य दिए÷नदिएको तत्काल केही जनाइएको छैन । संसद्का सभामुखलगायत इरानी अधिकारी त्यहाँ उपस्थित थिए । यस्ता कार्यक्रम सधैँ कडा सुरक्षाबीच आयोजना गरिन्छ ।
८६ वर्षीय खामेनीले युद्धको समयमा बंकरमा दिन बिताएका थिए । किनभने, उनको ज्यानमाथि खतरा बढेको थियो ।
अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रमा बमबारी गरेको थियो । त्यति बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूहरूलाई खामेनी रहेको स्थान थाहा भएको तर तत्काल उनलाई मार्ने कुनै योजना नरहेको बताएका थिए ।
गएको जुन २६ मा दुई देशबीच युद्धविराम सुरु भएको केही समयपछि खामेनीले पहिलो सार्वजनिक वक्तव्य दिएका थिए । पूर्वरेकर्डेड वक्तव्यमा उनले तेहरानले कतारमा रहेको अमेरिकी हवाई अड्डामा आक्रमण गरेर उक्त देशको अनुहारमा थप्पड हानेको बताएका थिए । अमेरिका वा इजरायललाई चेतावनी पनि दिएका थिए ।