Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्लाहीका एसपीलाई जसपा मधेसका अध्यक्ष अशोक यादवले दिए धम्की, नियन्त्रणमा लिन पुगेको प्रहरीको गाडीमा तोडफोड





जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले धम्की दिएपछि यादवलाई पक्राउ गर्न गएको गाडी तोडफोड गरिएको छ ।
पूर्वाधार कार्यालय मलंगवामा राति साढे आठ बजेतिर प्रहरीको निगरानीमा भुक्तानीको लागि चेक काटेको विषयमा विवाद चर्किएको थियो । दुवै जनाले एकअर्कालाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । सो पश्चात् यादवलाई नियन्त्रणमा लिन खोजेपछि डिएसपीको गाडी तोडफोड गरिएको हो ।
एसपी खड्कासँग गालीगलौज भएपछि प्रहरीको टोली नेता यादवको गाउँ पुगेर पक्राउ गर्न खोजेको थियो । प्रहरीको टोलीले नेता यादवको घरमा छापा मारेर पक्राउ गर्न खोजेपछि स्थानीय व्यक्तिलाई प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले स्थानीयको ढुंगामुढामा जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुगेको बताएका छन् । प्रहरीले यादवको खोजी गरिरहेको जनाएको छ ।
पूर्व प्रदेशसभा सदस्य समेत रहेका जसपा प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई कमीसन खान आएको आरोप लगाएपछि विवाद चर्किएको अडियो नै सार्वजनिक भएको छ । राति प्रहरी पठाएर कमीसन लिने गरेको आरोप एसपी खड्कामाथि नेता यादवले लगाएपछि चर्किएको विवादले उग्र रूप लिएको थियो । एसपी खड्काले त्यहाँबाट फोन आएपछि प्रहरी पठाइएको बताइरहँदा पनि नेता यादवले एसपी खड्कामाथि मधेशमा लुट्न आएको र कमीसन लिन आएको आरोप लगाइरहेको अडियोमा सुन्न सकिन्छ ।
पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादव चन्द्रपुरमा डेरा लिएर बस्ने गरेको तथा दिउँसो कार्यालय नआउने र राति आएर कमीसन दिनका लागि चेक काट्ने र अन्यलाई खाता खोल्नमै समस्या बनाउने गरेको आरोप जसपा नेता अशोक यादवको रहेको छ ।
बाहिर प्रहरी राखेर कार्यालयको ढोका भित्रबाट बन्द गरी राति मात्र चेक काट्ने गरेको आरोप पूर्वाधार कार्यालयमाथि छ । पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादवले असार मसान्त आउन लागेकाले दिनभर र रातभर काम गरेर भए पनि फाइल हेरेर काम गर्नु परिरहेको बताएका छन् । दिउँसो कार्यालयमा नआउने र राति प्रहरीको निगरानीमा सर्वसाधारणको पहुँच नहुने अवस्था निर्माण गरेर चेक काट्ने काम गरिरहेको आरोपकै विषयमा विवाद भएको हो ।
मधेश प्रदेश सरकारले महेन्द्र नारायण निधि आवासको कार्यक्रम अगर्वा र सलेमपुर गाउँमा निर्माण गरिएको र भइरहेको घरको भुक्तानीको विषयमा विवाद चर्किएको हो । कार्यक्रममा निकै भ्रष्टाचार भइरहेको आरोप नेता यादवको रहेको छ ।