Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राक्सिराङको कालिका माविको प्रधानाध्यापक रहेका जनकपुरधाम निवासी दीपेन्द्र झाको मोटरसाइकल दुर्घटनामा मृत्यु





जनकपुरधाम ।
गएराति हेटौँडामा भएको मोटरसाइकल दुर्घटनामा सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका– १० स्थित राप्ती रोडमा गएराति ११ बजेतिर ना.४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरकै राक्सिराङमा रहेको कालिका माविका प्रधानाध्यापक ४५ वर्षीय दीपेन्द्रकुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झा धनुषाको जनकपुरधाम उपहानगरपालिका– ४ का स्थायी वासिन्दा हुन् । उनी विगत १५ वर्षदेखि कालीका माविमा कार्यरत थिए ।
शिक्षक झा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार ह्युमपाइप राख्नकालागि खनिएको सडकमा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक झाको मृत्यु भएको हो । प्रधानाध्यापकको मृत्युपछि राक्सिाराङ गाउँपालिकाले शोक विदा समेत दिएको छ ।