Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बनेन भारतमा आपत्‌कालीन अवतरण गरेको बेलायती लडाकु विमान





तिरुवनन्तपुरम

भारतीय प्रान्त केरलाको तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा १८ दिनअघि आपत्‌कालीन अवतरण गरेको बेलायतको एउटा लडाकु विमान फर्किन नसक्ने भएको छ।

उड्दाउड्दै इन्धन सकिन लागेको संकेत पाएपछि पाइलटले अप्रिय अवस्था नआओस् भनेर गत जुन १४ (जेठ ३१) राति ब्रिटिस रोयल नेवीको लडाकु जेट एफ-३५ तिरुवनन्तपुरम विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए।

त्यसपछि चेकजाँच गर्दा विमानमा प्राविधिक गडबडी देखियो। मर्मतका लागि बेलायतबाट इन्जिनियरहरूको टोली आए पनि अहिलेसम्म विमान बन्न नसकेको हो। विमान उडाएर बेलायत फर्काउन सकिने अवस्था नदेखिएको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब लडाकु विमानलाई सैन्य कार्गो विमानमार्फत टुक्राटुक्रा पारेर बेलायत फिर्ता लगिनेछ।

९१८ करोड मूल्यको यो विमान ब्रिटिस रोयल नेवीको एचएमएस प्रिन्स अफ वेल्स क्यारियर स्ट्राइक ग्रुपको हिस्सा हो। यसलाई विश्वको सबैभन्दा उन्नत लडाकु जेटमध्ये एक मानिन्छ।