Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘कलकतिया बाली’को मुख्य पात्रमध्येकी अंशा सदा मृत्यु प्रकरणमा केही शंकास्पद नरहेको प्रहरीको निश्कर्ष





जनकपुरधाम ।
कलकतिया बाली हास्य व्यङ्गय सिरियलको मुख्य पात्रमध्ये एक अंशा सदाको मृत्यु प्रकरणमा केही पनि शंकास्पद केही नदेखिएको प्रहरीले निश्कर्ष निकालेको छ ।
गत असार ८ गते राति जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित घरमा अंशा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । भित्रबाट ढोका बन्द रहेको अवस्थामा शव फेला परेको थियो ।
घटनापछि शवलाई पोस्टमार्टमका लागि पठाइएको थियो भने अनुसन्धानका क्रममा डिभाइसहरू समेत नियन्त्रणमा लिइएको थियो । पोष्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धानका आधारमा अंशाले आत्महत्या गरेको प्रहरीको भनाइ छ । तर आत्महत्याको कारण भने खुल्न बाँकी रहेको र त्यसबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीले घटनासँग सम्बन्धित करिब १० जनासँग सोधपुछ गरिसकेको छ । डिभाइसहरूबाट पनि शंकास्पद केही नपाइएको प्रहरीले जनाएको छ । २१ वर्षीया अंशा ‘कलकतिया बाली’ सिरियलमा अभिनयमार्फत तराई क्षेत्रमा निकै लोकप्रिय बनेकी थिइन् । उनले सिरियलमै सहकर्मी कलाकार अविनाश झासँग ६ महिनाअघि विवाह गरेकी थिइन् ।