Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दलाई लामाले उत्तराधिकारीबारे दिएको अभिव्यक्तिमा चिनको आपत्ति





एजेन्सी ।
तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ ।
भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो ।
साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक परम्पराको समेत पालना हुनुपर्ने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारीको पहिचान चिठ्ठाका माध्यमबाट हुनुपर्ने जनाएका बीबीसीले जनाएको छ ।
सुनौलो कलसबाट चिठ्ठा निकालेर दलाई लामाको उत्तराधिकारी चयन गरिनुपर्ने मन्त्रालयको तर्क छ । सन् १९७२ मा शुरु भएको उक्त प्रथाअनुसार नै पछिल्लो पटक लामा गुरुहरु चयन गरिएका थिए ।
तर, आलोचकहरुले भने चिनियाँ अधिकारीहरुले यस प्रक्रियामा गोलमाल गर्ने गरेको आरोप लगाउँदै आएका छन् । चीनले यस्ता आरोपलाई खण्डन गर्दै आएको छ र यस प्रथालाई तिब्बती बौद्ध धर्मको अद्वितिय रुप भन्ने गरेको छ ।