

काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएका कारण नेतृ रामकुमारी झाँक्रीसँग स्पष्टीकरण मागेको छ ।
‘काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न’ भन्ने अभिव्यक्तिलाई लिएर अनुशासन आयोगमार्फत स्पष्टीकरण सोधिएको हो । सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीको जवाफ आएपछि सचिवालय बैठकमा छलफल गरी निर्णय लिइनेछ ।
अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि झाँक्रीले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग गर्दै सार्वजनिक रूपमा टिप्पणी गरेकी थिइन् । उक्त अभिव्यक्तिप्रति नेताहरूले आपत्ति जनाएका छन् । यसैबीच, अनेरास्ववियुमा समानान्तर कमिटी बनेपछि पार्टीभित्रको विवाद थप चर्किएको छ ।
