

पेरिस ।
अत्यधिक तापक्रमका कारण फ्रान्सको राजधानी पेरिसमा मंगलबार रेड अलर्ट जारी गरिएको छ।
जसका कारण आइफेल टावर बन्द गरिएको बीबीसीले जनाएको छ।
युरोपका धेरै भागमा लगातार लु (तातो हावा) चलिरहेको छ।
फ्रान्सको मौसम एजेन्सी मेटियो फ्रान्सले १६ क्षेत्रमा रेड अलर्ट जारी गरेको छ।
फ्रान्सको शिक्षा मन्त्रालयले अत्यधिक गर्मीका कारण १ हजार ३५० सार्वजनिक विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द गरिने घोषणा गरेको छ।
