Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बैंकक नजिक विमान दुर्घटनाग्रस्त, ९ जनाको मृत्यु





एजेन्सी ।
थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विमान बैंकको मुख्य विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो २ः४६ बजे उडेको थियो । विमान थाइल्यान्डको पूर्वमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटमै विमानको सम्पर्क टुटेको थियो ।
विमान चाचोएंगसाओको बाङ्ग पाकोङ जिल्लामा रहेको माङग्रोभ जङ्गलमा दुर्घटना भएको थियो । विमान खस्दा नजिकैको घरहरूमा समेत क्षति पुगेको बताइएको छ । दुर्घटना भएको स्थान नजिकैको नदीमा बाढी आएकोले खोजी कार्यमा अवरोध आएको थियो । अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।
यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । विमानका करिब ७० टुक्रा भेटिएको छ । विमानमा ब्ल्याक बक्स थिएन । विमानले हवाई ट्राफिक नियन्त्रणसँग सिधै सम्पर्क गर्थ्यो ।
सन् २०२० मा संघर्ष रोक्नका लागि यो आयोग गठन गरिएको थियो । आयोगले सिएरा लियोनका सबै १६ जिल्लामा शान्ति सन्जाल गठन गरिएको थियो । उनले भनिन्, ‘विविध पृष्ठभूमिमा स्थानीयलाई यसमा सामेल गरेर आयोगले शान्ति स्थापनाको प्रयास थालिएको थियो ।’