Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुलुकमा व्याप्त समस्या समाधान गर्न दुई ठूला दलको समिकरण निर्विकल्प छः गृहमन्त्री लेखक





जनकपुरधाम ।
गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दावी गरे । उनले १८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिदा संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको स्पष्ट पारे । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाई थियो ।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए ।
कुनै पनि देशमा दुई ठूला दल एकठाउँमा आउनु उचित होइन भन्ने तर्क कतिपय छ तर देशको विकास र देशलाई स्थायित्व प्रदान गर्न यस्ता समिकरण मुलुकलाई राम्रै सन्देश जाने उनले बताए । नेपालको विगत पनि यस्तै रहेको छ, गृहमन्त्री लेखकले भने ‘२०४६ सालमा दुई ठूला दल एकठाउँमा आउँदा एकदलिय पंचायती व्यवस्थाको अन्त्य भयो, पछि माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व पनि दुई ठूला दल एकठाउँमा आएरै समाप्त भयो अहिले आएर संक्रमणकालिन न्याय सम्बन्धि विषय पनि दुई ठूला दल एकठाउँमा आएकाले सम्भव भएको छ ।’
नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा आएरपनि मुलुकमा व्याप्त समस्याहरु समाधान भएन भने हामीलाई झन जोखिम थपिने छ ।
उनले भने ‘केही दिनमै समिकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो ।’ अगाडी भने ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समिकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।’