Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनगढीमा २४ घण्टामा २०२ मिलिमिटर वर्षा, व्यापक डुबान





कैलाली ।

धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो ।

उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ। वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लाे बेड, अन्नपात लगायतमा ठुलो क्षति पुगेको छ।

स्थानीय दिनेश बोहराले घरमा सरसामान र अन्नपात क्षति पुगेको बताए। उनका अनुसार अहिलेसम्म लाखौँ क्षति भइसकेको जानकारी दिए । ‘घरभित्रका फ्रिज, दराज, लाे बेड, अन्नपात सबै सखाप भएको छ । स्कुटर र बाइक पनि पानीमा डुबेको छ । अहिले हामीहरु बच्नका लागि छिमेकीको घरमा छाैँ,’ उनले भने । उनका अनुसार टोलका अधिकांश छिमेकीकाे अवस्था यस्तै छ।

उता धनगढी-१२ पनि पुरै डुबानमा छ। बजारकाे मुख्य सडक पनि डुबानमा छ। सुरक्षाकर्मीले उद्धारकाे काम गरिरहेका छन्। कञ्चनपुरकाे कृष्णपुर, बेलाैरीमा पनि डुबान छ। सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् । पहाडी जिल्लामा पनि वर्षा जारी छ।

सेती नदिमा पानीकाे वहाव बढेपछि बैतडीको सिगास -५ ढुङ्गाढका स्थानीय त्रसित छन्। खाेला तथा नदीहरुमा पानीकाे बहाव बढेपछि डुबान भएको छ। अहिलेसम्म ठुलाे क्षतिकाे घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। विपदकाे समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ।