Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक





काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ ।
त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा निर्धारण भएको उनले बताए ।
पार्टीको महाधिवेशन÷अधिवेशनबाट निर्वाचित वा मनोनयनको प्रक्रियाबाट निर्वाचित पार्टीको कुनै पनि तहका पदाधिकारी वा सदस्यहरुले प्रदेश अधिवेशनका लागि प्रतिनिधि÷पदाधिकारी वा सदस्यमा उम्मेदवारी दिन पाउने छ । तर उम्मेदवारी दिनुभन्दा अगावै तत्काल कायम रहेको आ–आफ्नो पदीय दायित्वबाट राजिनामा दिई सो स्विकृत भएको प्रमाणसमेत आवेदन÷मनोनयन÷उम्मेदवारी फारमसँग संलग्न गर्नुपर्ने बताइएको छ ।