Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मतदाता नामावलीमा छुटेकाहरूलाई नाम दर्ता गराउन आयोगको आह्वान





काठमाडौँ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन्।

‘निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ। त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ।

आयोगका पदाधिकारले गएको असार ६ गते आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए। उपनिर्वाचनको मिति घोषणा हुन बाँकी छ।