Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विहिवार युरो र पाउण्ड स्टर्लिङको भाउ बढ्यो





काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज विहिवार युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।

आज युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १६० रूपैयाँ १८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५ पैसा थियो ।

यसैगरी यसैगरी आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रूपैयाँ र बिक्रीदर १८७ रूपैयाँ ८२ पैसा छ । हिजो युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ७३ पैसा थियो ।

यसैगरी अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज सामान्य फेरबदल देखिएको छ । आज अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ४३ पौि र बिक्रीदर १३८ रूपैयाँ ३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २७ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८७ पैसा थियो ।

स्विस फ्र्यांकको पनि मूल्य बढेको छ । स्वीस फ्र्यांक एकको खरिददर आज १७० रूपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रूपैयाँ १० पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १६९ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७० रूपैयाँ ३६ पैसा थियो ।

अष्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ २७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ६६ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ४० पैसा र बिक्रीदर ८९ रूपैयाँ ७९ पैसा थियो ।

क्यानेडियन डलर पनि हिजोको तुलनामा आज केही घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ०७ पैसा र बिक्रीदर १०० रूपैयाँ ५१ पैसा छ ।

हेर्नुहोस् नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर