Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रथम राष्ट्रिय शिक्षा सम्मेलन जनकपुरधाममा सम्पन्न, सीपयुक्त शिक्षा दिएर आत्मनिर्भर बनाउन मधेश सरकारले सहकार्य गर्ने





जनकपुरधाम ।
प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ दश बुँदे घोषणापत्र जारी गर्दै जनकपुरधाममा सम्पन्न भएको छ ।
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा भएको सो सम्मेलनमा मधेश प्रदेश शिक्षा नीति २०८१ को कार्यान्वयनका लागि आवश्यक श्रोत तथा पूर्वाधारको निर्माण, विद्यालय बाहिर भएका बालबालिकाहरूलाई विद्यालयमा ल्याई सीपयुक्त शिक्षा दिएर आत्मनिर्भर बनाउन सहकार्य गर्ने घोषणापत्रमा उल्लेख रहेको छ ।

यसका साथै पहुँच, सहभागिता र सिकाई सुनिश्चितताका लागि तीनै तहका सरकार र अन्य साझेदार संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने, क्षेत्रिय सम्भाव्यतामा आधारित उद्यमशीलता प्रवद्र्धनका लागि स्थानीय सम्भाव्यता पहिचानका क्षेत्रगत सर्वेक्षण गरि सोही आधारमा उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

जनकपुरधाम घोषणापत्रका अन्य बुँदाहरूमा मधेश प्रदेशमा स्थापना भएको विश्वविद्यालयको सबलीकरणका पूर्वाधार निर्माण अनुसन्धान जनशक्ति तथा श्रोत व्यवस्थापनका लागि आवश्यक सहयोग गरिने भएको छ । शैक्षिक संस्थाहरूलाई व्यवस्थित र आत्म निर्भर र सशक्त बनाउनका लागि आवश्यक सहयोग गरिने घोषणापत्रमा उल्लेख रहेको छ ।

समापन कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेशको शिक्षामा सुधारका लागि जनकपुरधाममा सम्पन्न भएको दूई दिने राष्ट्रिय शिक्षा सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो ।

सम्मेलनमा शिक्षा क्षेत्रका विज्ञ, अगुवा, नीति निर्माता तथा प्रबुद्ध नागरिकहरूको सहभागिता रहेको थियो । सम्मेलनको उदघाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेका थिए ।