Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भेटेरिनरी अस्पताल सप्तरीका तत्कालीन कार्यालय प्रमुखसिहत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा





काठमाडौँ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत  डा. प्रभात झासहित तीन जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

डा. झासँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

केन्द्रले निर्माण व्यवसायीमध्ये एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ गरी आर्थिक प्रस्ताव खोलिएको हुँदा प्राविधिक र आर्थिक मूल्यांकलन पुनरावलोकन गरी पाउँ भन्‍ने ब्यहोराको उजुरी परेपछि आयोगले अनुसन्धान एवं छानबिन अघि बढाएको थियो ।

केन्द्र ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाइ छिपाइ, सार्वजनिक रूपमा प्रकाशन नगरी ठेक्का अभिलेखमा राख्ने प्रयोजनार्थ सौर्य राष्ट्रिय दैनिक पत्रिकामा एकप्रति मात्र सूचना प्रकाशन गरेको भनेर पेस गरिएको थियो ।

तर, प्रेस काउन्सिल नेपालको गत जेठ २ गतेको पत्रबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको भवन निर्माण सम्बन्धी बोलपत्र आह्वानको कुनै पनि सूचना नरहेको भनी लेखी आएको हुँदा उनीहरूको मिलेमतोमा झुट्टा बिल तयार गरी १ लाख २९ हजार ६६७ रूपैयाँ भुक्तानी दिए लिएको देखिपछि मुद्दा दायर गरिएको पौडेलले बताए ।

आयोगले सबै प्रतिवादीलाई १ लाख २९ हजार ६६७ रूपैयाँ बिगो कायम गरेको छ ।