Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेतान्याहुद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार





एजेन्सी ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक–इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ ।
प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहुले आजै एक आधिकारिक वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मा एक पोस्ट गर्दै युद्धविराम सुरु भइसकेको जनाएलगत्तै नेतान्याहुको यो भनाइ आएको हो । ‘युद्धविराम अब सुरु भइसकेको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!,’ ट्रम्पले भनेका थिए ।
यसअघि उनले ट्रुथ सोसल मा नै इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए ।
गए राति इजरायलले तेहरानमाथि क्षेप्यास्त्र हमला गरेको थियो। त्यसको जवाफस्वरूप मंगलबार बिहान इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो। इरानी आक्रमणमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार युद्धविराम लागु हुनु अघि ‘मिसाइल आक्रमणको अन्तिम चरण’ सम्पन्न भएको थियो ।
त्यस्तै, इरानको तास्नीम समाचार एजेन्सीका अनुसार देशको उत्तरपश्चिमी गिलान प्रान्तमा इजरायली हवाई आक्रमणले चारवटा आवासीय युनिटहरूलाई लक्षित गर्दा नौ जना सर्वसाधारणको ज्यान गएको छ ।
क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार, उक्त आक्रमणले वरपरका धेरै घरहरूमा क्षति पु¥याएको छ र ३३ जना घाइते भएका छन्, जसमध्ये पाँच जनालाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।
रिपोर्ट अनुसार घाइते तथा मृतकमध्ये १६ जना महिला र बालबालिका छन् ।