Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अनशनमा बसेका युवाहरुको समर्थनमा सिरहामा प्रदर्शन





जनकपुरधाम ।
जनकपुरधाममा नयाँ कमला पुलको निर्माणको माग गर्दै जारी आमरण अनशनको समर्थनमा सिरहामा प्रदर्शन गरिएको छ । स्थानीय युवाहरू सिरहा सदरमुकाममा अनशनमा बसेका युवाहरुको समर्थनमा प्रदर्शन गरेका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतीशकुमार सिंहको पुतला दहन गरेका स्थानीय प्रदर्शनकारीले बिहिबार विरोध प्रर्दशन गर्दै नाराबाजी समेत गरेका छन् । उनीहरूले यसलाई कमला पुलका लागि वारपारको संघर्ष भनेका छन् । ’यो पुलका लागि विगतमा दर्जनौं आन्दोलन भए,’ स्थानीय सुनिल यादवले भने, ’तर, राज्यको रबैयाले हामी यसपटक वारपारको लडाइँमा छौं ।’
पुल निर्माणको सुनिश्चितता नभएसम्म यसपालिको आन्दोलन नरोकिने सिरहाका स्थानीयको अठोट छ । कमला नदीमा निर्माण भएको पुल गलत डिजाइन र कमसल कामका कारण सञ्चालनमा नआउँदै भासिएको भन्दै नयाँ पुल बनाउनुपर्ने उनीहरूको माग छ ।