Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्नी हत्याको आरोपमा पर्सामा युवक पक्राउ





पर्सा ।
पत्नी हत्याका आरोपमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का २२ वर्षीय सफिराजा मियाँ रहेका छन् ।
उनीमाथि आफ्नी २१ वर्षीया पत्नी लालबिबि खातुनको घाँटी थिची हत्या गरेको आरोप लागेको छ । पत्नीले आफूलाई सम्मान नदिएको र बेवास्ता गरेको भन्दै उनले असार ७ गते राति पत्नीको हत्या गरेको आरोप लगाइएको छ ।
उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिएका छन् ।