

वीरगञ्ज ।
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।
पर्सा जिल्ला अदालतले जेठ १६मा पक्राउ पुर्जी जारी गरिदिएपछि पर्सा प्रहरीले पक्राउ गरी पठाइदिन भन्दै बर्दिया प्रहरीलाई पत्राचार गरेको छ। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त नामको व्यक्तिविरुद्ध आवश्यक अनुसन्धान अगाडी बढाइएको बताए।
पर्सा प्रहरीका अनुसार उनीविरुद्ध आशा कुमारी चौहानले २ लाख ७५ हजार रुपैयाँ सापटी लगेर नतिरेको र रकम नभएको बैंक खाताको चेक दिएको भन्दै उजुरी दिएकी छन्।
रायमाझी समानुपातिकतर्फबाट जनमतकी सांसद हुन्। उनी यसअघि मन्त्री समेत भएकी थिइन्।
