Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ





काठमाडौँ ।
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन् ।
उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले ८२ तोला १६ लाल सुनसहितका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन् ।
उनीहरूबिच फेसबुकमार्फत ३ वर्षअघिदेखि सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिप सिंहले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए ।
सोही क्रममा अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ । कुलदिपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट केही रकम पाउने सर्तमा साथ दिएको स्वीकारेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।