Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरानविरुद्धको युद्धमा अमेरिका सामेल हुने वा नहुने निर्णय ट्रम्पले २ हप्ताभित्र गर्ने





एजेन्सी ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा जारी इजरायल–इरान युद्धमा आफ्नो देश प्रत्यक्ष रूपमा संलग्न हुने वा नहुने भन्ने निर्णय गर्ने भएका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प यसबीच इरानसँग वार्ता हुने सम्भावनालाई ध्यानमा राख्दै यो नभएमा अर्को दुई हप्ताभित्र उसविरुद्धको लडाइँमा अमेरिका प्रत्यक्ष रूपमा जाने कि नजाने भन्ने निर्णय गर्ने विचारमा रहेको जानकारी दिएकी हुन् ।
तर ट्रम्प ’वार्ताको पर्याप्त सम्भावना’ रहेको कुरामा आशावादी रहेको प्रेस सचिव लेभिटको भनाइ छ ।
लेभिटले पत्रकारहरूसँग भनिन्, ‘राष्ट्रपति ट्रम्पको सरल सन्देश होः निकट भविष्यमा इरानसँग वार्ताको महत्त्वपूर्ण सम्भावना रहेको कुरालाई ध्यानमा राख्दै, चाहे त्यो हुन्छ वा हुँदैन, म अर्को दुई हप्ताभित्र अमेरिका इरानविरुद्ध प्रत्यक्ष रूपमा जाने कि नजाने’ निर्णय गर्नेछु ।’
बीबीसीका प्रमुख उत्तर अमेरिका संवाददाता ग्यारी ओ’डोनोहुले लेखेका छन्– यो कथनले कूटनीतिको सम्भावनालाई जन्म दिएको छ ।
जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ । एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन् ।
यस क्रममा बिहीबारसम्म दुवैतर्फ गरेर कम्तीमा ६६० जना मारिएको र १ हजार ७ सय जनाभन्दा बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको छ । उक्त लडाइँमा अमेरिकाले इजरायलको समर्थन गरिरहेको छ भने इरानको विरोध गरिरहेको छ ।