Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता





जनकपुरधाम ।
११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, बीरगंजद्वारा जनकपुरधामको तिरहुतिया गाछीमा भव्य योग शिविरको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वाणिज्य दूतावासद्वारा आयोजना गरिएका कार्यक्रमहरूको श्रृंखलाको चौथो योग शिविर हो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको पनि सहभागिता रहेको थियो । त्यस्तै मधेशका सभामुख रामचन्द्र मण्डल तथा जनकपुरधाम उप–महानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको समेत सहभागिता रहेको थियो ।
मुख्यमन्त्री सिंहले योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको चर्चा गर्दै जनकपुरधाममा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा भारतीय महावाणिज्य दूतावासको प्रशंसा गरे । सभामुख मण्डल र नगरप्रमुख साहले पनि योगलाई जनस्तरसम्म पु¥याउन वाणिज्य दूतावासको पहलको प्रशंसा गर्दै यसले नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले २०१४ मा संयुक्त राष्ट्रसंघमा नेपालसहित १७७ राष्ट्रद्वारा सह–प्रस्तावित अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव पारित भएको स्मरण गराउँदै योगले विश्वव्यापी स्वीकृति पाउँदै गएको उल्लेख गरे । यस वर्षको योग दिवसको नारालाई “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्दै उनले योगको वैश्विक महत्वमाथि प्रकाश पारे ।
नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति तथा अन्य स्थानीय संस्थाहरूको सहकार्यमा सम्पन्न यस योग शिविरमा विभिन्न उमेर समूहका करिब ७०० जनाको सहभागिता रहेको थियो ।