Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने





काठमाडौँ ।

आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढेर आउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा सरकारले सशर्त अनुदान वृद्धि गरेको छ । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै सङ्घीय सरकारबाट उपलब्ध गराउने पारिश्रमिक वृद्धि हुने भएको हो ।

बजेटमा सरकारले ‘सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बापत सङ्घीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरेको थियो । यसका लागि १० अर्ब १६ करोड बजेट विनियोजित गरिएको थियो ।

सोही अनुसार अब साउनदेखि बाल विकास शिक्षकले मासिक १२ हजार, लेखापालले १५ हजार र विद्यालय सहयोगीले १० हजार पाउने भएका हुन् । शिक्षा मन्त्रालयले बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण अन्तर्गतको रकम वृद्धि गरिएको हो ।

हाल बाल विकास शिक्षकहरूको हकमा सङ्घीय सरकारबाट १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । भने आगामी आर्थिक वर्षदेखि २ हजार बढाएर १२ हजार मासिक तलब पाउनेछन् ।

त्यस्तै लेखापालले १३ हजार ५०० रुपैयाँ पाउँदै आएकोमा बढाएर १५ हजार पाउनेछन् भने कार्यालय सहयोगीले ८ हजार पाउँदै आएकोमा अब १० हजार पाउनेछन् । यसमा स्थानीय तहहरूले समेत थप अनुदान दिँदै आएका छन् । अहिले सङ्घीय सरकारबाट पाउने रकममा सात हजार रुपैयाँ स्थानीय तहले उपलब्ध गराउँदै आएका छन् ।

nn