Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत





एजेन्सी ।
क्यानडाको कानानास्किसमा आयोजित जी–सेभेनको बैठकले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्ने निर्णय गरेको छ ।
इरान–इजरायल लडाइँमा केन्द्रित बैठकले इजरायलको पक्ष र इरानको विपक्षमा वक्तव्य जारी गरेको छ । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको ठहर बैठकले गरेको छ । साथै इरान क्षेत्रीय अस्थिरता र आतंकको असली श्रोत भएको आरोप पनि जी–सेभन बैठकले लगाएको छ ।
नेताहरुले भनेका छन्– हामीले लगातार भनिरहेका छौं कि इरानले परमाणु हतियार राख्न पाउँदैन ।
उनीहरुले इरान–इजरायल युद्धले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पर्न सक्ने प्रभावबाट सतर्क रहँदै बजारमा स्थिरता कायम राख्न मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने बैठक नसकिँदै अमेरिका फर्किएका थिए । उनले पनि इरानले परमाणु हतियार राख्न नपाउने बताएका छन् । साथै तत्काल इरानको राजधानी तेहरान खाली गर्न उनले भनेका छन् ।
सोसल साइट ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले जुन सम्झौतामा हस्ताक्षर गर्न भनेको थिएँ, त्यसमा इरानले हस्ताक्षर गर्नुपथ्र्यो । तर मानव जीवनको बर्बादी हुनु लजमर्दो कुरा छ । सिधा शब्दमा भन्नुपर्दा इरानसँग परमाणु हतियार हुनुहुँदैन । मैले यो पटक पटक भनेको छु ।’