Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गण्डकीको बजेट ३१ अर्ब ९७ करोड ९९ लाख





कास्की । 

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला मन्त्री टकराज गुरुङले आइतबारको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षभन्दा ९९ करोड ८५ लाख ७६ हजार रुपैयाँ कम रकमको बजेट सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षमा सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार, पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार र वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ ३९.५ प्रतिशत, पुँजीगततर्फ ५९.७ र ०.८ प्रतिशत विनियोजन गरिएको हो । कुल विनियोजनमध्ये १ करोड ५४ लाख ५२ हजार रुपैयाँ सरकारको कोषलाई भार पर्ने मन्त्री गुरुङले बताए ।

आगामी आर्थिक वर्ष वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ७३ करोड ८९ लाख, सशर्त अनुदानबापत ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानबापत ६३ करोड ९७ लाख, विशेष ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ । यस्तै राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँडबाट ४९ करोड ८९ लाख ७७ हजार र आन्तरिक आम्दानीबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान रहेको मन्त्री गुरुङले बताए ।

आगामी आर्थिक वर्षका लागि अपुग हुने रकममध्ये १ अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति गरिनेछ । हालसम्म कानुनी र संस्थागत व्यवस्थाको अभावमा आन्तरिक ऋण संकलन नगरिएकोमा आगामी आर्थिक वर्ष ऋण परिचालनका लागि आवश्यक व्यवस्था गरिने मन्त्री गुरुङले बताए । उक्त ऋण रकम उत्पादनमूलक, रोजगारी सिर्जना र उच्च प्रतिफलयुक्त योजनामा खर्च गरिने उनको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षमा ल्याएको बजेटमध्ये जेठ मसान्तसम्म ४८.०६ प्रतिशत खर्च भएको छ ।