Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सैनिक, प्रहरी र सीमा क्षेत्रका बासिन्दालाई डेटिङ एप नचलाउन रुसको आह्वान





एजेन्सी ।
रुसी अधिकारीहरूले सीमा क्षेत्रका बासिन्दालाई डेटिङ एप नचलाउन र सामाजिक सञ्जाल कम प्रयोग गर्न आह्वान गरेका छन् । युक्रेनी सेनाले तिनको माध्यमबाट गुप्तचर सूचना संकलन गरेको रुसी अधिकारीहरूको भनाइ छ ।
रुसी गृहमन्त्रीले मंगलबार एक अपिल जारी गर्दै ब्रियान्स्क, कुर्स्क र बेल्गोरोदका बासिन्दालाई यस्तो आग्रह गरेको हो । त्यस्तै सो क्षेत्रमा खटिएका सैनिक र प्रहरीलाई पनि अनलाइन डेटिङ सेवा प्रयोग नगर्न तथा संवेदनशील स्थानको भिडिओ स्ट्रिम नगर्न आह्वान गरिएको छ । ‘शत्रुहरूले त्यस्ता स्रोत प्रयोग गरेर सूचना संकलन गर्छन्,’ सो मन्त्रालयले भनेको छ ।
कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आक्रमण जारी रहँदा गृह मन्त्रालयले मानिसहरूलाई विभिन्न सुझाव दिएको छ । जसमा मेसेजमा आएका लिंक नखोल्न, सैन्य वाहन रहेको सडकबाट भिडिओ पोस्ट नगर्न भनिएको छ । सेना र प्रहरीलाई सामाजिक सञ्जालमा स्थान नखुलाउन पनि निर्देशन दिइएको छ ।
अचानक युक्रेनी सेना कुर्स्क क्षेत्रमा घुसेपछि रुस तिनलाई लखेट्न संघर्ष गरिरहेको छ । सीमाबाट आफूहरू ३५ किमि भित्रसम्म पुगेको र ९३ वटा बस्ती कब्जा गरेको युक्रेनी सेनाको दाबी छ । कुर्स्कका करिब सवा लाख बासिन्दालाई स्थानान्तरण गरिएको छ ।