Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दक्षिण अफ्रिकालाई पहिलोपटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि





लॉर्ड्स।

दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (२०२३-२५)को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल टेस्टमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसीको मुख्य प्रतियोगिता जितेको हो ।

२८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले शनिबार चौथो दिनको खेलको पहिलो सत्रमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । एइडेन मार्क्रमले शानदार शतकसहित १३६ रन बनाएर टिमको जितको आधार तय गरे ।

चौथो दिन २१३-२ को अवस्थाबाट खेल सुरु गरेको दक्षिण अफ्रिकाले यसबीचमा ३ विकेट गुमायो । कप्तान टेम्बा बाभुमा ६६ रन बनाएर आउट भए भने ट्रिस्टन स्टब्स ८ रनमा आउट भए । मार्क्रम टिमलाई ६ रन आवश्यक हुँदा क्याच आउट भए ।

यो दक्षिण अफ्रिकाका लागि २७ वर्ष पछि पहिलो प्रमुख आईसीसी प्रतियोगितामा विजय हो — सन् १९९८ मा आईसीसी नकआउट ट्रफी जितेको पछि पहिलो च्याम्पियन बन्न सफल भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो दिन २१२ रनमा अलआउट भएको थियो । कगिसो रबाडाले ५ विकेट लिएका थिए । जवाफमा दक्षिण अफ्रिका मात्र १३८ रनमा अल आउट हुन पुग्यो । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिएका थिए ।

दोस्रो इनिङमा ७४ रनको अग्रताबाट सुरु गर्दै अस्ट्रेलियाले मध्यक्रम धर्मराएपनि मिचेल स्टार्कको ५८ रन मद्दतमा थप २०७ रन जोड्दै २८१ रनको अग्रता बनाएको थियो । यस इनिङमा रबाडाले ४ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य पछ्याउन सुरु गर्दा सुरुमा रायन रिकेल्टन ६ रनमा आउट भए पनि वियान मुल्डर (२७) सँगको ६१ रनको साझेदारी पछि एडेन मार्करामको शतकीय इनिंग्स र कप्तान बाभुमाको अनुभवीले टोलीको विजय तय गरेको हो ।

यसअघि पहिलो संस्करणको टेस्ट च्याम्पिनसिप (२०२१)को उपाधि न्युजिल्याण्डले जितेको थियो भने दोस्रो संस्करण (२०२३) अस्ट्रेलियाले जितेको थियो ।