Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रकृति लम्साल मृत्यु प्रकरणका अभियुक्त धरौटीमा रिहा, बाबुले गुहारे परराष्ट्रमन्त्री





काठमाडौँ ।
भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् ।
उनलाई उडिसास्थित उच्च अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत लम्साल नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत भेटिएकी थिइन् । उनलाई मर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए ।
तर उडिसाको उच्च अदालतले मे १६ मै १ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् । प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्तलाई रिहाको आदेश उच्च अदालतले त्यतिबेलै दिएको भए पनि आफूले दुई÷चार दिनअघि मात्र थाहा पाएको बताए ।
‘अभियुक्त रिहा भएको थाहा पाएलगत्तै मैले यही जेठ २८ गते हाम्रा परराष्ट्रमन्त्रीज्यू डा आरजु राणालाई भेटेर ज्ञापनपत्र दिएको छु’, लम्सालले भने, ‘खोइ अहिलेसम्म केही कुरा आएको छैन ।’
अभियुक्त धरौटीमा छुटेकाले अब आफूले न्याय नपाउने हो कि होइन भन्ने चिन्ताले सताएको उनले बताए ।