

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको सुझाव कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय नियमन विभाका कार्यकारी निर्देशक सदस्य सचिव रहेका छन् । उक्त कार्यदलले एक महिनाभित्रमा सुझाव दिनेगरी समयावधि तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
कार्यदललाई विभिन्न ६ वटा बुँदामा सुझाव दिनुपर्ने भन्दै जिम्मेबारी पनि तोकिएको छ ।
कार्यदल गठनमा सीबीफीनको स्वागत
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारको लागि सुझाव कार्यदल गठन गरेको विषयलाई बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले स्वागत गरेको छ । सीबीफीनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको उक्त कदमको स्वागत गरेको हो ।
‘नेपालको बैंकिङ इतिहासमा पहिलो पटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ’, सीबीफीनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
