Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

न्यायाधीशमाथि कालो मोसो प्रहार भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइयो





जनकपुरधाम ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी प्रहार प्रकरणपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । इजलासमै न्यायाधीशमाथि कालो मसी प्रहार भएपछि त्यसको १२ घण्टा नबित्दै पर्सा प्रहरीले अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको हो ।
न्यायाधीश थारुका अङ्गरक्षक र खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिए । ‘आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएका छौँ’ उनले भने ।
अदालतमा प्रहरी सहायक निरीक्षक (असई) को कमान्डमा रहेको सुरक्षाकर्मीको टोली फिर्ता बोलाएर करिब २ दर्जनको हाराहारीमा नयाँ टोली खटाइएको छ ।
यसैगरी उच्च अदालतका १३ जना न्यायाधीशहरूका सबै अङ्गरक्षकलाई फिर्ता बोलाइएको प्रहरी प्रमुख मिश्रले बताए ।
कालो मसी प्रहार प्रकरणपछि अहिले उच्च अदालतमा आवतजावत गर्नेहरूमा कडा निगरानी बढाइएको छ । प्रवेशद्वारमै जाँच गरेर मात्र इजलासमा जान दिइएको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।