Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आमरण अनशनमा बसेका युवाहरुको मागप्रति राष्ट्रिय मुक्ति क्रान्तिका नेता चौधरीको ऐक्यबद्धता





जनकपुरधाम ।
धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरुको मागप्रति राष्ट्रिय मुक्ति क्रान्ति अभियानले ऐक्यवद्धता जनाएको छ ।
कमलामा नया पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा युवाहरुले शुरु गरेको आमरण अनशनमा अभियानका नेता संजय चौधरी अनशन स्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन् । यस अघि नागरिकलाई आफ्नो मागलाई लिएर काठमाडौँ धाउनु पथ्र्यो तर अब आफ्नै प्रदेश सरकार भएपनि जनतालाई आमरण अनशनमा बस्नुपर्ने स्थितिको सिर्जना हुनु लाजमर्दो रहेको बताए ।
आन्दोलनकै बलमा जन्मेको दल जनमत पार्टीको नेतृत्वमा मधेस सरकार भएपनि आन्दोलनकारी युवाहरुको मागप्रति बेवास्ता देखाउनु निन्दनीय रहेको उनले बताए । चौधरीले अबिलम्ब मधेस सरकारले धनुषा–सिरहालाई जोड्ने कमला पुल निर्माणका लागि प्रकृया अगाडी बढाएर अनशन तोडाउने गरी प्रदेश सरकारलाई ठोस निर्णयमा पुग्न माग गरे ।