Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय तहका पदाधिकारीहरूको वैदेशिक भ्रमणको विवरण सामान्य प्रशासन मन्त्रालयले माग्यो





काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्थानीय तहको दोस्रो निर्वाचन पश्चात् पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको विकास सहायता समन्वय शाखाले बुधबारको सचिव स्तरीय निर्णयअनुसार वैदेशिक भ्रमणको विवरण माग गरेको हो ।
‘स्थानीय तहको दोस्रो निर्वाचन भई पदाधिकारीहरूले पदभार सम्हालेको मितिदेखि हालसम्म त्यहाँका पदाधिकारी तथा कर्मचारीहरूको विदेश भ्रमणको विवरण तपसिल बमोजिमको ढाँचामा १० (दश) दिनभित्र उपलब्ध गराइदिनुहुन मिति २०८१÷०२को निर्णय (सचिवस्तरीय) अनुसार अनुरोध छ,’ शाखा अधिकृत सञ्जय अधिकारीले ‘वैदेशिक भ्रमणको विवरण उपलब्ध गराइदिने सम्बन्धमा शीर्षकमा लेखेको पत्रमा उल्लेख छ ।
पत्रमा स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ तथा स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५ मा विदेश भ्रमण मनोनयनका आधार, मनोनयन गर्ने अधिकारलगायत विषय उल्लेख रहेकाले त्यसबारेमा पनि ध्यान दिन पत्रमा उल्लेख गरिएको छ ।