Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उप निर्वाचनमा भाग लिने निर्णय भएको एक सदस्यले जानकारी दिए । ‘उपनिर्वाचनमा भाग लिने निर्णय भएको छ,’ ती सदस्यले भने ।
उनका अनुसार, बुधबारको बैठकमा केही सदस्यले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नेबारे मत राखेका थिए । ‘धेरै साथिहरूले स्वतन्त्र साथीहरूलाई समर्थन गर्नुपर्छ भनेर मत राखेका छौँ । स्थानीयलाई सपोर्ट गर्ने भन्ने भयो,’ ती सदस्यले भने ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको छ ।