Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्राकृतिक विपदमा परी मधेसमा गत २ महिना भित्रै ४६ जनाको मृत्यु





जनकपुरधाम ।
मधेश प्रदेशमा प्राकृतिक विपदमा परेर गत २ महिनामै ४६ जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार असारदेखि साउनसम्ममा करिब ४६ जनाले प्राकृतिक विपद ज्याउ गुमाउनु परेको छ । प्रदेशका ८ वटै जिल्ला गरी प्राकृतिक विपदमा परेर मृत्यु हुनेहरुर मध्ये अधिकांश बालबालिका रहेको छ ।
असार १५ गतेदेखि साउन ३२ गतेसम्म प्रदेशमा मनसुनजन्य घटनामा परी ४६ जनाले ज्यान गुमाइसकेका छन्, जसमध्ये ३६ जना बालबालिका छन् । ज्यान गुमाउनेमा ७ जना पुरुष र ३ महिलासमेत छन् । विभिन्न १०७ वटा घटनामा परी उनीहरुले ज्यान गुमाएका प्रहरीको तथ्यांक छ ।
मनसुन सुरु भएयता यस्ता घटनामा परी १४ जना घाइते भएका छन् भने २ जना बालबालिका बेपत्ता समेत भएका छन् ।
प्राकृतिक विपदमा परेर महोत्तरीमा सबैभन्दा बढी ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।
सिरहामा ५ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । त्यस्तै रौतहटमा ७, बारामा ६, सप्तरी र धनुषामा ५÷५, सर्लाहीमा ३ जनाको ज्यान गएको छ । भने पर्सामा २ जनाको मृत्यु भएको छ ।
प्राकृतिक विपदका घटनाका कारण मानविय क्षति मात्र नभइ भौतिक क्षति समेत भएको प्रहरीको भनाइ छ । सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाहरुमा ५९ वटा कच्ची घरमा समेत क्षति पुगेको छ । प्राकृतिक विपदका कारण गत २ महिनामा प्रदेशमा ४७ लाख ६९ हजार २७५ मूल्य बराबरको धनमाल क्षती भएको प्रहरीको तथ्यांक छ ।