Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा





काठमाडौँ  ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर हो ।

परियारसहित महानगरका तत्कालीन निर्देशकहरु रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । सातैजना प्रतिवादीलाई अख्तियारले जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।

महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्म ढल निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा कम अंकमा कबोल गरेका ठेकेदारलाई अयोग्य ठहर गरी बढी अंक कबोल गरी ठेक्का लगाएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

कम अंक कबोल गर्ने समानान्तर सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँबराबरको बोलपत्र पेस गरेकोमा महानगरका तत्कालीन कर्मचारीहरुले बढी अंक कबोल गर्ने कल्पवृक्ष कोहीनूरलाई २२ करोड ४० लाख ९४ हजार ६१२ प्रस्तावमा सम्झौता गरेकोमा बढी अंक कबोल गरिएको रकमलाई बिगो कायम गरी अख्तियार मुद्दा दायर गरेको हो । यसरी मिलेमतोमा सार्वजनिक संस्थाको सम्पत्ति हानिनोक्सानी गरेकोमा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

महानगरको कार्यकारीबाट सरुवा भएर परियार त्यसपछि सूचना तथा प्रसारण विभागमा गएका थिए ।