

एजेन्सी ।
अमेरिका र चीनबीच व्यापारका लागि रूपरेखा तयार पारिएको दुवै देशका शीर्ष अधिकारीहरूले बताएका छन् ।
लन्डनमा दुई दिन लन्डनमा भएको वार्तापछि उनीहरूले दुई देशबीच व्यापार सम्झौताका विषयमा रूपरेखा तयार भएको घोषणा गरेका हुन् । अब दुई देशबीच तय भएको यो योजना अनुमोदनका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङकहाँ पठाइने बीबीसीले जनाएको छ ।
अमेरिकाका वाणिज्य सचिव हावर्ड लुटनिकले यो सम्झौतापछि दुर्लभ खनिज र चुम्बकमा लगाइएको प्रतिबन्ध हट्ने बताएका छन् । उनका अनुसार चीनसँगको यस बैठकमा आधुनिक प्रविधिका लागि दुर्लभ खनिजको मुद्दा शीर्ष स्थानमा थियो ।
गत महिना अमेरिका र चीनबीच कर घटाउने विषयमा अस्थायी सम्झौता भएको थियो । तर दुवै देशले एकअर्कालाई सम्झौता उल्लंघनको आरोप लगाइरहेका छन् । अमेरिकाले चीनबाट दुर्लभ धातु र चुम्बकको निर्यात सुस्त रहेको बताएको छ, जुन स्मार्टफोनदेखि विद्युतीय सवारीसाधनसम्म सबै कुरा निर्माणका लागि आवश्यक छ ।
