Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजविराज नगरपालिकामा प्रशासकीय अधिकृतको पदभार ग्रहणलाई लिएर तनाव, उपमेयर कार्यालयमै थुनिइन्





राजविराज ।
सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ । कार्यवाहक उपमेयर इसरत परविन कार्यालयमै थुनिएकी छन् भने बाहिर आन्दोलन चर्किएको छ ।
तीन दिनदेखि निलम्बित मेयर भीमराज यादवले कार्यालयमा तालाबन्दी गर्दै आएका थिए । आज उपमेयर परविनले ताला फोडेर यादवलाई पदभार ग्रहण गराउन खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।
झडपका क्रममा प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गरेका छन् । घाइते शत्रुधनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।
कार्यलय परिसरमा तोडफोडसमेत भएको छ । प्रदर्शनकारीहरूले कार्यालयका झ्यालका सिसा फुटाएका छन् । अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
डा. श्रवण साहको स्थानमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि निलम्बित मेयर यादवले असहमति जनाउँदै आन्दोलन थालेका हुन् । भीमराज यादव स्थानीय राज रंगशालाको स्तरोन्नति सम्बन्धी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् ।