Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संचारकर्मीलाई नगरप्रमुखले धम्की दिएको भन्दै पत्रकार महासंघ प्रादेशिक समितिको आपत्ति





जनकपुरधाम ।
समाचार लेखेको विषयलाई लिएर संचारकर्मीलाई गालीगलौज तथा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेशले आपत्ति जनाएको छ । सिरहाको धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महताले नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवलाई गाली गलौज गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशको गम्भिर ध्यानाकर्षण भएको हो ।
समाचारको विषयमा चित्त नबुझे उपचार खोज्ने विभिन्न विनकायहरु हुँदाहुँदै पनि गालीगलौज गरी धम्की दिई मानसिक पीडा दिएको भन्दै नेपाल पत्रकार महासंघ मधेसका अध्यक्ष राजेशकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘यस्तो घटना प्रेस स्वतन्त्तता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको हाम्रो ठहर छ । तसर्थ यस प्रकारको घटना नदोहर्याउन र पत्रकार यादवलाई स्वतन्त्र एवम् निस्पक्ष ढङ्गबाट पत्रकारीता गर्न दिन अपील गर्दछौं ।’
यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीका लागि वोर्डिङ जडान कार्यमा उपभोक्तासँग अवैध रुपमा रकम असुलेको समाचार लेखेका थिए । प्रकाशित समाचारको विषयलाई लिएर नगर प्रमुख महतोले समाचार डिलिट गर्न दवाव दिदैं धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।