Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्ने





जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओली राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्न लागेका छन् ।
जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओली सम्बोधन गर्न लागेका हुन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम समेत रहेको छ । विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किने कार्यक्रम छ ।
विश्वविद्यालय स्रोतका अनुसार आज तीन ब्याचमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका ११५ जना विद्यार्थी दीक्षित हुनेछन् ।