Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्यमा सामान्य गिरावट





काठमाडौँ ।
आइतबार तोलामा तीन हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ । प्रतितोला एकसय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाखा ९० हजार ६ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साता लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज घटेको हो । सुनको मूल्य हिजो तोलामा तीन हजार रुपैयाँ घटेर एक लाख ९० हजार सातसय रुपैयाँमा झरेको थियो । गत साता सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
आज चाँदीको भाउ भने थोरै बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार एक सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।