

जनकपुरधाम ।
जनमत पार्टी निकट प्रेस जनमत संघको केन्द्रिय तदर्थ समिति गठन गरिएको छ । केही दिन अगाडी मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रेस सल्लाहकारमा नियुक्त भएका अवधेशकुमार झाको अध्यक्षतामा प्रेस जनमत संघको केन्द्रिय तदर्थ समिति गठन गरिएको हो ।
समितिको सह–अध्यक्षमा रामनारायण विश्वास, सदस्य सचिवमा ललनकुमार मण्डललाई चयन गरिएको छ । त्यस्तै केन्द्रिय सदस्यहरुमा जितेन्द्र खडगाा, मनोज मरबैता, विजयकुमार साह, सुमित मिश्र, अनिल पाण्डे, केशव लुइँटेल, शम्भु पण्डित, शेख मोजिबुल्लाह, मुना ठाकुर, संजय यादव, श्यामलकुमार गिरी, बिजेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार साह, चन्दन रजक, चन्दन रौनियार, भोगेन्द्र साह, विमलाकुमारी यादव र रिनाकुमारी केसी चयन भएका छन् ।
