Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोलम्बियामा राष्ट्रपतिका उमेदवारमाथि गोली प्रहार





एजेन्सी ।
कोलम्बियाका राष्ट्रपति पदका उमेदवार मिगुएल उरीबे टर्बेमाथि बोगोटामा एक चुनावी कार्यक्रमका क्रममा गोली प्रहार गरिएको छ । कोलम्बियाको विपक्षी दल सेन्ट्रो डेमोक्रेटिकोका नेता ३९ वर्षीय मिगुएलले शनिबार बोगोटास्थित एउटा पार्कमा नागरिकलाई सम्बोधन गरिरहेका बेला आक्रमण गरिएको हो ।
मिगुएलमाथि एक व्यक्तिले तीन गोली प्रहार गरेका थिए । उनको टाउकामा दुई गोली लागेको बीबीसीले जनाएको छ ।
स्थानीय मिडियाका अनुसार, प्रहरीले घटनास्थलबाट १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।
फोनमा रेकर्ड भएको भिडियोमा उनले भाषण गरिरहेका बेला गोली लागेको र त्यसपछि त्यहाँ भागदौडको माहोल बनेको देखिन्छ ।
समाचार एजेन्सी एएफपीले प्यारामेडिक्सको भनाइलाई उद्धृत गर्दै मिगुएलको टाउकामा दुई र घुँडामा एक गोली लागेको जनाएको छ ।
मिगुएलकी पत्नी मारिया क्लाउडियाले नागरिकलाई उनका निम्ति प्रार्थना गर्न आग्रह गरेकी छन् ।
उनको पार्टी सेन्ट्रो डेमोक्रेटिकोले आक्रमणको निन्दा गरेको छ । आक्रमण एक राजनीतिज्ञ, कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रताका निम्ति ठूलो खतरा भएको पार्टीले टिप्पणी गरेको छ ।
कोलम्बिया सरकारले पनि आक्रमणको निन्दा गरेको छ । सरकारले आक्रमणलाई केवल एक व्यक्तिमाथि मात्र नभएर लोकतन्त्रविरुद्धकै हमला भनेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो आक्रमणलाई सिधै लोकतन्त्रमाथिको हमला बताएका छन् ।