Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हिसानको मधेश स्तरीय भेला, मधेश प्रदेश अध्यक्षमा मोडेलका संस्थापक वीरेन्द्र साह निर्वाचित

प्रथम उपाध्यक्षमा सिरहाका प्रदीपकुमार तिवारी, उपाध्यक्षमा पर्साका संजयकुमार सिंह र सचिवमा जनकपुरधामका शीतल यादव





जनकपुरधाम ।
निजि कलेजका संस्थापकहरुको प्रमुख संस्था हिसानको भेला जनकपुरधाममा आज सम्पन्न भएको छ । सो भेलाद्वारा मधेश प्रदेशस्तरीय कमिटी गठन गरिएको छ ।
प्रदेश अध्यक्षमा वीरेन्द्र साह निर्वाचित भएका छन् । साह जनकपुरधामका मोडेल कलेजका संस्थापक रहेका छन् । प्रथम उपाध्यक्षमा सिरहाका प्रदीपकुमार तिवारी, उपाध्यक्षमा पर्साका संजयकुमार सिंह, सचिवमा जनकपुरधामका शीतल यादव, सदस्यमा पर्साका सन्नीकुमार दुबे, सिरहाका राम नायक रहेका छन् । धनुषा, सप्तरी, पर्सा र सिरहाका अध्यक्ष पनि सदस्य रहेको जानकारी हिसानले दिएको छ ।
प्रदेश कोषाध्यक्षमा सप्तरीबाट पछि एकजना कलेजका संस्थापकलाई राखिने छ । हिसानको सल्लाहकारमा प्रा.डा. रामस्वार्थ राय, धरणीधर अधिकारी र रामकुमार दासलाई चयन गरिएको छ ।
सो भेलामा केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष जीवनप्रकाश शर्मा, धरणीधर शर्मा, सल्लाहकार डा. रामस्वार्थ राय, प्रदेश अध्यक्ष वीरेन्द्रकुमार साह, केन्द्रिय सदस्य डा. सोनु साह, बाबुसाहेब यादव, राम नायक, मुकेश गुप्ता, प्रदीप तिवारी लगायतका वक्ताहरुले बोल्नु भएको थियो । उहाँहरुले हिसानको संगठन विस्तारका साथै निजि कलेज (क्याम्पस)को उत्थानका सम्बन्धमा चर्चा गरेका थिए ।
कार्यक्रमका अध्यक्षता हिसान धनुषाका अध्यक्ष संजिव ठाकुरले गरेका थिए ।