

एजेन्सी ।
भारतीय स्पिनर पियुष चावलाले क्रिकेटका सबै ढाँचाबाट संन्यास लिएका छन् ।
३६ वर्षीय बलरले शुक्रबार इन्स्टाग्राम पोस्ट लेख्दै संन्यासको घोषणा गरेका हुन् । ’दुई दशकभन्दा बढी समय मैदानमा रहेपछि अब यो सुन्दर खेललाई बिदाइ गर्ने समय आएको छ,’ उनले भनेका छन् ।
चावला २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्ने भारतीय टोलीको हिस्सा थिए ।
